काठमाडौं उपत्यकामा ९८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा ९८ जनामा कोरोना संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकामा ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौंमा ६७, ललितपुरमा २६ र भक्तपुरमा चार संक्रमित थपिएका हुन्।

गत २४ घण्टाभित्र नेपालमा थप १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ४४७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ४ हजार २८३ जनाको पिसिआर परीक्षण र 
 २ हजार १६४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

हालसम्म संक्रमितकाे संख्या पिसिआर परीक्षणबाट ८ लाख २७ हजार ५८ र एन्टिजेन परीक्षणबाट ९६ हजार १२५ रहेकाे छ। 

निकाे हुनेकाे संख्या २२६ जना रहेको मन्त्रालयले जनाएको छ। हालसम्म निकाे हुनेकाे कूल संख्या ८ लाख १० हजार ४९७ पुगेकाे छ।

संक्रमणबाट १ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ५८३ रहेकाे छ।

नेपालमा हाल ४ हजार ९७८ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २ लाख ५५ हजार ४५८ खाेप लगाइएकाे छ।

Skip This
Skip This
Logo