काठमाडौं उपत्यकामा ११३ जना कोराेना संक्रमित थपिए

काठमाडौं उपत्यकामा ११३ जना कोराेना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकामा ११३ जना कोराेना संक्रमित थपिएका छन्। काठमाडौंमा ७७, भक्तपुरमा ८ र ललितपुरमा २८ संक्रमित थपिएका हुन्।

गत २४ घण्टाभित्र नेपालमा थप २१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ६७७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ७ हजार १८० जनाको पिसिआर परीक्षण र 
 २ हजार ४९७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

हालसम्म संक्रमितकाे संख्या पिसिआर परीक्षणबाट ८ लाख २७ हजार २७१ र एन्टिजेन परीक्षणबाट ९६ हजार १३१ रहेकाे छ। 

निकाे हुनेकाे संख्या २८३ जना रहेको मन्त्रालयले जनाएको छ। हालसम्म निकाे हुनेकाे कूल संख्या ८ लाख १० हजार ७८० पुगेकाे छ।

संक्रमणबाट २ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ५८५ रहेकाे छ।

नेपालमा हाल ४ हजार ९०६ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ७६ हजार ३३० खाेप लगाइएकाे छ।

Skip This
Skip This
Logo