अन्तरधार्मिक शान्ति महांसघ नेपालले अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ। राजधानीमा सोमबार आयोजित एक कार्यक्रमकाबीच संघले अर्धवार्षिक समीक्षा गरेको हो।
समाजमा दीगो शान्ति स्थापनादेखि धर्म–धर्मबीच भाइचारा स्थापना, धर्मका नाममा भैरहेको द्वन्द्व न्युनिकरण गरेर समुन्नत समाज निर्माण गर्ने अभियानमा रहेको संघले ६ महिनाभरि सातै प्रदेशमा गरिएका कार्यक्रम र त्यसको प्रभावका बारे समीक्षा गरेको हो।
कार्यक्रममा विभिन्न धर्मका धर्मगुरुसहित सरोकारवालासहितको उपस्थिति रहेको थियो। संघले प्रस्तुत गरेको समीक्षा प्रतिवेदनमा धार्मिक गुरुहरूले आफ्नो राय र सुझाव पनि राखेका थिए ।

संघका तर्फबाट समीक्षा प्रतिवेदन प्रस्तुत गर्दै कार्यक्रम व्यवस्थापक विमला श्रेष्ठले ६ महिना गरिएको कार्यक्रमले समाज रुपान्तरण, धार्मिक सद्भाव कायम गर्न र द्वन्द्व न्युनिकरण गर्न सहयोग पुगेको बताइन् ।
उनले भनिन् ‘कार्यक्रमहरू कस्तो हुन्छ भन्ने लागेको थियो तर, सबै ठाउँको राम्रो प्रतिक्रियाले हाम्रो कार्यक्रमले समाजमा राम्रो छाप छोड्न सफल भएको छ।
त्यस्तै संघले समाजमा शान्ति स्थापना गर्न राज्यले गर्नुपर्ने काम आफूहरूले गर्दा पनि राज्यको नजर आफूहरूमा नपरेको बरु उल्टै कानुनी अड्चन तथा झन्झट व्यहोर्नु परेको दुःख व्यक्त गरेको छ।
समीक्षा कार्यक्रममा सरकारी कार्यालयहरूमा जाँदा धर्म र शान्ति संस्थाको नाममै रहेको भन्दै कि परिर्वतन गर्न कि हटाउन लगाउने गरेको संघको दुःखेसो छ ।
संघले ब्रुट फर डाई वेल्टको आर्थिक सहयोगमा सातवटै प्रदेशमा कार्यक्रम गरिरहेको छ। हाल मुलुकभरका २० संस्थाहरू महासंघमा आवद्ध रहेको र यस अर्धवार्षिक कार्यक्रम अन्तर्गत ७ वटै प्रदेशबाट एक एक संस्थासँग सहकार्य गरेर कार्यक्रम गरिएको जनाएको छ ।
ब्रुट फर डाई वेल्टले अर्धवार्षिक कार्यक्रमको लागि एक करोड ३१ लाख बढी रकम उपलब्ध गराएको पनि जनाएको छ।





























प्रतिक्रिया