कपिलवस्तुको बाणगंगामा ट्रकले कारलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
बाणगंगा नगरपालिक-१ पिपराका अनुराग पाण्डेकाे दुर्घटनामा ज्यान गएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलीप क्षेत्रीले जानकारी दिए। उनी साइन रेसुङ्गा बैंक जितपुर शाखाका म्यानेजरसमेत थिए।
बा ६ च ११६४ नम्बरको कारलाई ट्रकले ठक्कर दिँदा बससँग जुधेर दुर्घटना भएकाे हाे। मंगलबार राति भएकाे दुर्घटनामा सुदीप खनाल र राजेश शर्मा गम्भीर घाइते रहेका छन्।
पाण्डे कपिलवस्तु जेसिजका पूर्वअध्यक्षसमेत हुन्।





























प्रतिक्रिया