मुलुकभर हुस्सु-कुहिराे, दिउँसाे केही प्रदेशमा हिमपातकाे आँकलन

मुलुकभर हुस्सु-कुहिराे, दिउँसाे केही प्रदेशमा हिमपातकाे आँकलन

केन्द्रबिन्दु
0
Shares

हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव छ। शुक्रबार बिहान देशभर आंशिक बदली रहेको छ। धेरै स्थानमा हुस्सु-कुहिरो लागेको छ।

दिउँसो देशभर आंशिक बदली रहने माैसम पूर्वानुमान महाशाखाले आँकलन गरेकाे छ। गण्डकी र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। 

राति प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

शनिबार दिउँसो देशभर आंशिक बदली रहनेछ। गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

Logo