काेराेना अपडेटः ३८२ जनामा संक्रमण पुष्टि, २५२ जना निकाे भए

काेराेना अपडेटः ३८२ जनामा संक्रमण पुष्टि, २५२ जना निकाे भए

केन्द्रबिन्दु
0
Shares

गत २४ घण्टाभित्र नेपालमा थप ३८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ९५९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ५ हजार ७ जनाको पिसिआर परीक्षण र १५  हजार ९५२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

हालसम्म संक्रमितकाे संख्या पिसिआर परीक्षणबाट ८ लाख २८ हजार ७७३ र एन्टिजेन परीक्षणबाट ९६ हजार २४२ रहेकाे छ। 

शनिबार निकाे हुनेकाे संख्या २५२ जना रहेको मन्त्रालयले जनाएको छ। हालसम्म निकाे हुनेकाे कूल संख्या ८ लाख १२ हजार २१० पुगेकाे छ।

संक्रमणबाट शनिबार कसैकाे पनि मृत्यु भएको छैन। हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ५९२ रहेकाे छ।

नेपालमा हाल ४ हजार ९६९ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ५९ हजार ११२ खाेप लगाइएकाे छ।

Skip This
Skip This
Logo