सुदूरपश्चिमसहितका क्षेत्रमा वर्षाकाे सम्भावना, आज हिमपात पनि हुने

सुदूरपश्चिमसहितका क्षेत्रमा वर्षाकाे सम्भावना, आज हिमपात पनि हुने

केन्द्रबिन्दु
0
Shares

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव छ। बिहान सुदूरपश्चिमका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

दिउँसो सुदूरपश्चिम र कर्णालीका केही स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि छ।

राति सुदूरपश्चिमका एक-दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको आँकलन गरिएकाे छ। 

मंगलबार देशभर आंशिक बदली रहनेछ। सुदूरपश्चिम र प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

Logo