काठमाडाैं उपत्यकामा आजदेखि बालबालिकालाई काेभिडविरुद्धकाे खोप लगाइँदै

काठमाडाैं उपत्यकामा आजदेखि बालबालिकालाई काेभिडविरुद्धकाे खोप लगाइँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकाका विद्यालय उमेर समूहका बालबालिकालाई आजदेखि काेभिड-१९ भाइरसविरुद्धको खोप लगाइँदैछ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडाैं, ललितपुर र भक्तपुरका १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई विद्यालयमा खोप लगाइने भएकाे हाे।

सरकारले आजबाटै लागू हुनेगरी आधारभूत र माध्यमिक तहका विद्यालय १५ माघसम्मका लागि बन्द गरिसकेकाे छ। यही अवधिमा १२-१७ वर्ष उमेर समूहका बालबालिकालाई खाेप लगाउने सरकारी लक्ष्य छ।

जसअनुसार पहिलाे चरणमा उपत्यकाका विद्यालयमा खाेप अभियान सुरु हुन लागेकाे हाे।

बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाइने मन्त्रालयले जनाएको छ। बालबालिकाहरुलाई उमेर खुल्ने कागजात लिई तोकिएका खोप केन्द्रमा गई भीडभाड नगरी स्वास्थ्यका मापदण्ड पूरा गरी खोप लिन मन्त्रालयले आग्रह गरेको छ।

Logo