अस्पताल बनाउन निःशुल्क जग्गा

अस्पताल बनाउन निःशुल्क जग्गा

केन्द्रबिन्दु
0
Shares

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ स्थित रेश स्वास्थ्यचौकीलाई स्तरोन्नति गर्न यहाँका स्थानीयबासीले निःशुल्क जग्गा उपलब्ध गराएका छन् । स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाउन जग्गा अभाव भएको भन्दै यहाँका ९ जना स्थानीयवासीले करिब आठ रोपनी जग्गा स्वास्थ्यचौकीको नाममा निःशुल्क नामसारी गर्नुभएको छ ।

आफ्नै गाउँ ठाउँमा अस्पताल बन्न जग्गा अभाव भएपछि यहाँका उहाँहरूले निःशुल्क जग्गा उपलब्ध गराएको काठेखोला गाउँपालिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछानेले बताए ।  अस्पताल बनाउन विष्णुप्रसाद शर्माले नौ आना, मुरारीप्रसाद शर्माले एक रोपनी पाँच आना, दुर्गाप्रसाद शर्माले एक रोपनी, डण्डपानी शर्माले एक रोपनी चार आना, होमनाथ शर्माले आठ आना, पणनाथ शर्माले छ आना, तिलबहादुर क्षत्रीले एक रोपनी, पवित्रा कार्कीले एक रोपनी दुई आना र खीलानाथ शर्माले १२ आना जग्गा स्वास्थ्यचौकीको नाममा नामसारी गर्नुभएको छ ।

यसअघि लीलाधर शर्मा, श्यामप्रसाद शर्मा र श्याम शर्मालगायतले पाँच रोपनी जग्गा स्वास्थ्यचौकीका नाममा प्रदान गरिसकेका छन् । रेश स्वास्थ्यचौकी भएको जग्गाको लालपुर्जा नहुँदा अस्पताल निर्माणमा ढिलाइ भएपछि स्थानीयवासीले जग्गा उपलब्ध गराएको वडाध्यक्ष लामिछानेले बताउनुभए ।

Logo