पत्रकार उमा सिंहको १३औं स्मृति दिवस मनाइँदै

पत्रकार उमा सिंहको १३औं स्मृति दिवस मनाइँदै

केन्द्रबिन्दु
0
Shares

पत्रकार उमा सिंहको हत्या भएको आज १३ वर्ष पूरा भएको छ। महिला हिंसा, तत्कालीन माओवादी द्वन्द्वपीडितको विषयमा खुलेर आलोचना गर्ने २५ वर्षीय सिंहको २७ पुस २०६५ सालमा हत्या गरिएको थियो। 

स्थानीय रेडियो टुडे एफएममा कार्यरत उमाको जनकपुरधाम रजौलस्थित डेरामा घरेलु हतियार प्रहार गरी हत्या गरिएको थियो। 

पत्रकार सिंहको १३औं स्मृति दिवस नेपाल पत्रकार महासंघ धनुषालगायत विभिन्न पत्रकार संघसंगठनले विभिन्न कार्यक्रम गरी आज मनाउँदैछन्।

नेपाल पत्रकार महासंघ धनुषा शाखाले आज दिउँसो १ बजे आफ्नै सभाहलमा अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको छ।

पत्रकार सिंहका मुख्य हत्यारा स्वामी भनिने उमेश यादवलगायत केही धनुषा जिल्ला अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय आदेश भई महोत्तरीको जलेश्वर कारागारमा छन्। घटनामा संलग्न अन्य केही नेपाली तथा भारतीय नागरिक अझै कानुनी दायरामा आउन सकेका छैनन्।

Logo