काठमाडौं उपत्यकामा १,५३८ जना कोराेना संक्रमित थपिए

काठमाडौं उपत्यकामा १,५३८ जना कोराेना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकामा १,५३८ जना कोराेना संक्रमित थपिएका छन् । आज काठमाडौंमा एक हजार १२८, भक्तपुरमा १३४ र ललितपुरमा २३६ जना संक्रमित थपिएका हुन्।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ७५ जना कोरोना संक्रमित थपिएका छन्। 

स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ३६ जनामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणमा ३ हजार ७५ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो । 

यस्तै, गरी २४ घण्टामा दुई सय ७८ जना संक्रमण मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा कोभिड संक्रमणकै कारण दुई जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले जानकारी दिएकी छिन् ।

Logo