बैंकिङ कसुर मुद्दाका फरार एक जना पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार एक जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार एक जनालाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले उच्च अदालतले ४० लाख बिगो ठहर हुने फैसला गरेपछि फरार खोटाङ कपिलासगढी गाउँपालिका–९ वर्तन घर भई हाल जोरपाटी बस्दै आएका ३२ वर्षीय प्रकाश राईलाई आज दिउँसो पक्राउ गरेको हो।

बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले गत कात्तिक १० गते पक्राउ पुर्जी जारी गरे पनि उनी फरार रहँदै आएका थिए । उनलाई काठमाडौँको जोरपाटीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका राईलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको उक्त महाशाखाले जनाएको छ। 

Skip This
Skip This
Logo