शंकास्पद वस्तु फेला परेकाे २४ घण्टा बित्याे, सेनाको टोली नपुग्दा त्रास बढ्दै

शंकास्पद वस्तु फेला परेकाे २४ घण्टा बित्याे, सेनाको टोली नपुग्दा त्रास बढ्दै

केन्द्रबिन्दु
0
Shares

संखुवासभाको चैनपुर नगरपालिका–६ बजार नजिकै शंकास्पद वस्तु फेला परेको २४ घण्टा पुग्न लाग्दामा पनि सेनाको बम डिस्पोजल टोली नपुग्दा त्रासको वातावरण सृजना भएको छ। 

चैनपुर– ६ को टेलिकम टावर नजिकै गढीडाँडा छेउमा बिहीबार साँझ शंकास्पद बस्तु फेला परे पनि शुक्रबार अपरान्हसम्म सेनाको टोली नपुगेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख प्रहरी निरीक्षक योगराज खतिवडाले बताए। 

पार्क बनाउन स्काभेटरले खन्ने क्रममा बिहीबार साँझ शंकास्पद वस्तु फेला परेको प्रहरी निरीक्षक खतिवडाले बताए। शंकास्पद वस्तु फेला परेको क्षेत्रमा प्रहरीले सुरक्षा गरिरहेको उनको भनाइ छ। 

उक्त शंकास्पद वस्तु डिस्पोजका लागि सदरमुकाम खाँदबारीमा रहेको नेपाली सेनाको नयाँ भैरवी दल गुल्मको टोलीलाई खबर गरिसकेको भए पनि अहिलेसम्म घटनास्थल नपुगेको प्रहरी निरीक्षक खतिवडाले बताए । 

चैनपुर–६ गढी डाँडामा प्रदेश १ सरकार पर्यटन मन्त्रालयको सहयोगमा पार्क निर्माण हुन लागेको छ। 

सांकेतिक तस्बिर

Skip This
Skip This
Logo