काठमाडौं उपत्यकामा २,२१९ संक्रमित थपिए

काठमाडौं उपत्यकामा २,२१९ संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकामा २,२१९ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १,५९१, भक्तपुरमा १४२ र ललितपुरमा ४८६ संक्रमित थपिएका हुन्। 

यस्तै गत २४ घण्टाभित्र नेपालमा थप ४,६३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

गत साेमबार १,४४६ जना थपिएका थिए भने मंगलबार २,४४४ जना र बुधबार ३,०७५ जनामा 
संक्रमण भएकाे थियाे। बिहीबार ३,५५३ संक्रमित थपिए । शुक्रबार याे संख्या बढेर ४,६३६ पुगेकाे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ५५६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। १० हजार ४१२ जनाको पिसिआर परीक्षण र ४  हजार १४४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

हालसम्म संक्रमितकाे संख्या पिसिआर परीक्षणबाट ८ लाख ४९ हजार २०४ र एन्टिजेन परीक्षणबाट १ लाख १ हजार ४१ रहेकाे छ। 

निकाे हुनेकाे संख्या ३५५ जना रहेको मन्त्रालयले जनाएको छ। हालसम्म निकाे हुनेकाे कूल संख्या ८ लाख १६ हजार ३ पुगेकाे छ।

संक्रमणबाट थप ४ जनाकाे मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ६१७ रहेकाे छ।

नेपालमा हाल २१ हजार ५८४ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ४ लाख ३५ हजार १९३ खाेप लगाइएकाे छ।

Logo