काठमाडौँ उपत्यकामा ३,९३९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ उपत्यकामा ३,९३९ जनामा कोरोना संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३ हजार ९३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार ९४३, भक्तपुरमा २०१ र ललितपुरमा ७९५ जनामा संक्रमण पुष्टि भएकाे हाे।

यस्तै गत २४ घण्टाभित्र नेपालमा थप ६,७३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ४६५ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। १४ हजार १४ जनाको पिसिआर परीक्षण र ३  हजार ४५१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

हालसम्म संक्रमितकाे संख्या पिसिआर परीक्षणबाट ८ लाख ५९ हजार ४८५ र एन्टिजेन परीक्षणबाट १ लाख २ हजार ४५५ रहेकाे छ। 

निकाे हुनेकाे संख्या ५४७ जना रहेको मन्त्रालयले जनाएको छ। हालसम्म निकाे हुनेकाे कूल संख्या ८ लाख १६ हजार ९८५ पुगेकाे छ।

संक्रमणबाट थप ३ जनाकाे मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ६२३ रहेकाे छ।

नेपालमा हाल ३० हजार ८७७ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा १ लाख ४३ हजार ३६० खाेप लगाइएकाे छ।

गत हप्ता साेमबार १,४४६ जना थपिएका थिए भने मंगलबार २,४४४ जना र बुधबार ३,०७५ जनामा 
संक्रमण भएकाे थियाे। बिहीबार ३,५५३ संक्रमित थपिए । शुक्रबार याे संख्या बढेर ४,६३६ पुगेकाे थियाे। शनिबार ४,६३६ जना थपिएकाेमा आइतबार ४ हजार ९६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियाे।

Skip This
Skip This
Logo