ललितपुर जिल्ला प्रशासनका कर्मचारीलाई कोरोना : अत्यावश्यकबाहेक सबै सेवा स्थगित

ललितपुर जिल्ला प्रशासनका कर्मचारीलाई कोरोना : अत्यावश्यकबाहेक सबै सेवा स्थगित

केन्द्रबिन्दु
0
Shares

कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा स्थगित गरेको जनाएको छ।

प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बुधबार सूचना जारी गरी केही कर्मचारीमा संक्रमण देखिएकाले बिहीबारदेखि प्रशासन कार्यालयबाट प्रदान गरिने अत्यावश्यकबाहेकका अन्य सेवा अर्को सूचना जारी नगर्दासम्म बन्द गरिएको जानकारी दिए।

बिहीबारदेखि लागू हुने गरी नागरिकता, नागरिकता प्रतिलिपि, संघसंस्था, नाबालक परिचय पत्र, राष्ट्रिय परिचय पत्र र राहदानीसम्बन्धी फाँटतर्फको सेवा अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको छ। शान्ति सुरक्षा र मुद्दासम्बन्धी अत्यावश्यक सेवा भने नियमित रुपमा हुनेछ।

Skip This
Skip This
Logo