नेपाली युवा उद्यमी मञ्च र यती एयरलाइन्सबीच सहकार्य

नेपाली युवा उद्यमी मञ्च र यती एयरलाइन्सबीच सहकार्य

केन्द्रबिन्दु
0
Shares

निजी क्षेत्रको अग्रणी हवाई संस्था यती  एयरलाइन्स र नेपाली युवा उद्यमी मञ्चबीच व्यवसायिक सहकार्य भएको छ। सम्झौतासँगै यती एयरलाइन्स अबदेखि मञ्चको आधिकारिक एयरलाइन्स बनेको छ।

यती एअरलाइन्सको कार्यालयमा शुक्रबार आयोजित सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अनोज रिमाल र नेपाली युवा उद्यमी मञ्चका अध्यक्ष उदिप श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । मञ्चमा आवद्ध सदस्य उद्यमीहरूले यती एअरलाइन्सको जहाज मार्फत आवत जावत गर्दा सहुलियत पाउने छन्। युवा उद्यमीका विभिन्न प्रदेशमा हुने तालिम, सभा, सम्मेलन, गोष्ठी तथा कार्यक्रमहरूमा यात्रा गर्दा यती मोबाइल एप अथवा सदस्य कार्ड मार्फत यती एअरलाइन्सको गन्तव्यहरूमा सहुलियत प्राप्त गर्न सक्ने, यतीस्काई–क्लब कार्यक्रममा सहकार्य गर्ने लगायत विषयमा सम्झौता भएको छ ।

कार्यक्रममा यती एयरलाइन्सका सिईओ रिमालले समृद्ध मुलुक निर्माणमा युवाहरूको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै नेपालका युवा उद्यमीलाई अगाडि बढाउन यती एयरलाइन्स सधैँ सहकार्य गर्न तयार रहेको बताए । भविष्यका दिनमा पनि युवा उद्यमीहरूलाई लक्षित गरी थप सहकार्य गर्दै जाने उनको भनाई थियो।

नेपाली युवा उद्यमी मञ्चका अध्यक्ष श्रेष्ठले युवाहरूलाई उद्यमको क्षेत्रमा अगाडि बढाउन यस्ता किसिमका सहकार्यले सहयोग हुने र देशभरका युवाहरूलाई जोड्न मदत पुग्ने विश्वास व्यक्त गरे । सन् २००३ मा स्थापित नेपाली युवा उद्यमी मञ्चमा हाल देशभर ७०० भन्दा बढी सक्रिय युवा उद्यमीहरू आबद्ध रहेका छन्।

Logo