इप्रका खोटाङ प्रमुखलाई कोरोना देखिएपछि सेवा स्थगित

इप्रका खोटाङ प्रमुखलाई कोरोना देखिएपछि सेवा स्थगित

केन्द्रबिन्दु
0
Shares

कार्यालय प्रमुखलाई कोरोनाभाइरस संक्रमण भएपछि खोटाङको इलाका प्रशासन कार्यालय खोटाङ बजारको सेवा स्थगित गरिएको छ । कार्यालय प्रमुखलाई कोभिड–१९ पोजेटिभ पुष्टि भएपछि बुधवार देखी इलाका प्रशासन कार्यालयको सम्पूर्ण सेवा अर्को सूचना प्रकाशन नभसम्मका लागि स्थगित गरिएको हो ।

अन्य कर्मचारीहरू होम क्वारेन्टिनमा बस्नु पर्ने भएकाले सेवा स्थगित गर्नुपरेको इलाका प्रशासन कार्यालयले जनाएको छ । खोटाङ गाउँपालिका-७ खोटाङबजारस्थित इलाका प्रशासन कार्यालयको सेवा बन्द हुँदा खोटेहाङ, जन्तेढुंगा, बराहपोखरी गाउँपालिकाका सेवाग्राही मारमा परेका छन् । 

Logo