कास्की ।
गण्डकी प्रदेशमा ३० जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ३२१ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
थपिएका मध्ये नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) का २६ , तनहुँ र कास्कीका दुई÷दुई जना रहेका निर्देशनालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ८२७ जनाको पिसीआर परीक्षण गरिएकोमा १०२ जनामा कोरोना पुष्टि भएको छ । यस अवधिमा ४० जना कोरोना निको भएका छन् भने १४ जनामा पुनः पोजेटिभ देखिएको छ ।





























प्रतिक्रिया