हिमपातका कारण सिमकाेटमा रोकिएका सीता एयरका दुवै जहाजले उडान भरे

हिमपातका कारण सिमकाेटमा रोकिएका सीता एयरका दुवै जहाजले उडान भरे

केन्द्रबिन्दु
0
Shares

हिमपातका कारण हुम्लाकाे सिमकाेट विमानस्थलमा दुईदेखि राेकिएका सीता एयरका दुई वटा विमानले आजदेखि उडान सुरू गरेका छन्। 

सिमकोट विमानस्थलमा आइतबारदेखि रोकिएको विमानले सोमबार दिउँसो १२ बजे नेपालगञ्जका लागि उडान भरेका हुन्। हुम्लाको खाद्यन्न ढुवानी गर्दै आएको सीता एयरका दुई जहाज सिमकोट विमानस्थलमै रोकिएका थिए।

आइतबारदेखि जिल्लामा हिमपातसँगै बाक्लाे कुहिरो लागेपछि कुनै पनि विमान कम्पनीलेले नियमित उडान गरेका थिएनन्। 

सडक सन्जालमा नजोडिएको हुम्लामा नेपालगञ्ज, सुर्खेतबाट उडानमार्फत नै उपभोग्य सामानहरू चामल, नुन ढुवानी हुन्छ। 

हिमपात सुरू भएपछि यहाँ यस्ता सामग्री ढुवानीसमेत राेकिएकाे थियाे। मंगलबारबाट अन्य विमान कम्पनीले पनि नियमित उडान थालेकाे नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाले जनाएको छ।

Logo