‘योङ सेफ ओलम्पियाड भर्चुअल-२०२२’ आयोजना हुने (भिडियाे)

‘योङ सेफ ओलम्पियाड भर्चुअल-२०२२’ आयोजना हुने (भिडियाे)

केन्द्रबिन्दु
0
Shares

इन्टरनेशनल हस्पिटालिटी काउन्सिल लन्डनको सक्रियतामा इन्टरनेशनल इन्स्टिच्युट अफ होटल मेनेजमेन्ट (आइआइएचएम) इन्डियाद्वारा आउँदो माघ १६ गतेदेखि २२ गतेसम्म योङ सेफ ओलम्पियाड भर्चुअल-२०२२ आयोजना हुने भएको छ। 

आज ललितपुरको लगनखेल स्थित एकेडेमी अफ कलिनरी आर्टस् एण्ड हस्पिटालिटी मेनेजमेन्टमा सम्पन्न कार्यक्रममा उक्तको जानकारी गराइएको हो। 

उक्त कार्यक्रम सन् २०१५ जनवरी ३० देखि संचालन हुँदै आएको छ । कार्यक्रममा सेन्टर फर लिडरसिप एण्ड इन्टरपेनरपेनरसिप इन कोलावरेशन विथ एकेडेमी अफ कलिनरी आर्टस् एण्ड हस्पिटालिटी मेनेजमेन्टले सुरुवातदेखि नै नेपालको प्रतिनिधित्व गर्दै आएको छ।  

सो कार्यक्रममा संसारभरिबाट ४० देखि ६० वटा राष्ट्रहरुको सहभागिता रहने गरेको छ । यसपटकको प्रतिस्पर्धामा नेपालसहित जम्मा ३७ वटा राष्ट्रले भाग लिँदैछन्। उक्त राष्ट्रहरुलाई ८ वटा समूहमा विभाजन गरिएको छ। उक्त विभाजन अनुसार नेपाल छैटौं समूहमा पर्दछ। 

कार्यक्रमको उदघाटन ३० जनावरीमा हुनेछ भने नेपालले १ फेबु्रअरीमा दिनको १२ः४५ बजेबाट  प्रतिस्पर्धा शुरु गर्नेछ। प्रतिस्पर्धिको उमेर २४ वर्ष ननाघेको हुनुपर्ने र प्रतिस्पर्धी कलेजको विद्यार्थी नै हुनुपर्ने प्रावधान रहेको छ।

यसपटक नेपालको प्रतिनिधित्व गदै एकेडेमी अफ कलिनरी आर्टस् एण्ड हस्पिटालिटी मेनेजमेन्टका छात्र अजय पुनले प्रतिस्पर्धा गर्दैछन्। मेन्टरको मूमिकामा शेफ सूर्य महतले प्रस्तुति दिँदैछन् । अहिलेको विषम परिस्थितिका कारण उक्त प्रतिस्पर्धा दुर प्रणाली माध्यमबाट हुन गइरहेको आयोजकको भनाइ छ। 

योङ सेफ ओलम्पियाड भर्चुअल—२०२२आयोजना हुने

योङ सेफ ओलम्पियाड भर्चुअल—२०२२आयोजना हुने

Posted by Kendrabindu – केन्द्रबिन्दु on Tuesday, 25 January 2022

Skip This
Skip This
Logo