सिटामोल उपलब्धताको तत्काल प्रबन्ध मिलाउन सर्वोच्चको आदेश

सिटामोल उपलब्धताको तत्काल प्रबन्ध मिलाउन सर्वोच्चको आदेश

केन्द्रबिन्दु
0
Shares

सर्वोच्च अदालतले सिटामोलको प्रबन्ध गर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ। 

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले मंगलबार सिटामोलको उपलब्धता सहज गर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको हो।

नागरिकलाई सिटामोल औषधि तत्काल उपलब्ध गराउन आदेश गरिएको छ। टीकाबहादुर कुँवरलगायतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई दर्ता गरेको रिटमा सुनुवाइ गर्दै सिटामोलको प्रबन्ध गर्न आदेश जारी भएको हो। 

आदेशले दुवै पक्षलाई माघ १७ गते छलफलको लागि समेत बोलाएको छ।

Skip This
Skip This
Logo