आज जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गरिँदै

आज जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गरिँदै

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय जनगणना-२०७८ को प्रारम्भिक नतिजा आज बुधबार सार्वजनिक गरिँदैछ। केन्द्रीय तथ्यांक विभागले आज भर्चुअल पत्रकार सम्मेलन गरि गत मंसिरमा सम्पन्न जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गर्न लागेको हो।

जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो चरणको २०७८ कात्तिक २५ देखि मंसिर ९ गतेसम्म भएको थियो । परिवार संख्या, महिला र पुरुषसहित जम्मा जनसंख्या कति र  विदेशमा रहेकाको संख्या आज सार्वजनिक हुन लागेको हो। 

विभागका उपनिर्देशक हेमराज रेग्मीका अनुसार आठदेखि नौ महिनामा विस्तृत नतिजा सार्वजनिक हुनेछ।

Skip This
Skip This
Logo