पछिल्लो २४ घण्टामा ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले साेमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २० हजार ३५९ वटा नमुना परीक्षण गर्दा ८ हजार ४५४ जनामा कोरोना पोजेटिभ देखिएको हाे।
मन्त्रालयका अनुसार १३ हजार ५४९ जनामा गरिएको पीसीआर परीक्षणमा ५ हजार ५७१ जनामा र ६ हजार ८१० जनामा एन्टिजेन परीक्षण गर्दा २ हजार ८८३ जनामा संक्रमण देखिएको हो।
योसँगै देशभर सक्रिय संक्रमितको ९० हजार ६७ रहेको छ। पछिल्लो २४ घण्टामा ४ हजार ४३३ जना डिस्चार्ज भएका छन् भने मृत्यु ५ जनाको भएको छ।





























प्रतिक्रिया