गोंगबुमा सामूहिक बलात्कारका आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

गोंगबुमा सामूहिक बलात्कारका आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

केन्द्रबिन्दु
0
Shares

जिल्ला अदालत काठमाडौँले गोंगबुस्थित नयाँ बसपार्कको एक होटलमा भएको सामूहिक बलात्कारका आरोपित नौ जना आरोपीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ।

न्यायाधीश रामचन्द्र पौडेलको इजलासले बुधबार उक्त घटनाका नौ जनालाई आरोपीलाई थुनामा राख्न र उक्त घटनामा प्रयोग भएका ३ गेष्टहाउस सञ्चालकहरूलाई जनही रु ३/३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।  

गत पुस १२ गते ३४ वर्षीया एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा ९ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको थियो।

Logo