काठमाडौं उपत्यकामा ३ हजार १४३ जना संक्रमित थपिएका छन्। काठमाडौंमा २,४०२, भक्तपुरमा २२० र ललितपुरमा ५२१ संक्रमित थपिएका छन्।
यता पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २१ हजार ८०८ वटा नमुना परीक्षण गर्दा ८ हजार १७ जनामा कोरोना पोजेटिभ देखिएको हाे।
मन्त्रालयका अनुसार १५ हजार ७३६ जनामा गरिएको पीसीआर परीक्षणमा ५ हजार ८१६ जनामा र ६ हजार ७२ जनामा एन्टिजेन परीक्षण गर्दा २ हजार २०१ जनामा संक्रमण देखिएको हो।
योसँगै देशभर सक्रिय संक्रमितको ९० हजार ५७६ रहेको छ। पछिल्लो २४ घण्टामा ५ हजार २९२ जना डिस्चार्ज भएका छन् भने मृत्यु १५ जनाको भएको छ।































प्रतिक्रिया