मुगुका अग्नि पीडितले यस वर्षकाे साेनाम ल्हाेसार त्रिपालमै मनाएका छन्। गत २९ कात्तिकमा गमगढी बजारमा भएको आगलागीका पीडितले यस वर्ष त्रिपालमै जसाेतसाे सोनाम ल्होसार पर्व मनाएका हुन् ।
अग्नि पीडितले आफ्नो परपम्पराअनुसार त्रिपालमै सोनाम ल्होसार मनाएका हुन्। विगतका वर्षहरूमा विभिन्न प्रकारका मिठाई लगायत अन्य सामग्री बनाएर पाहुना बोलाएर सँगै खाने गरेका उनीहरूले यस वर्ष गतिलाे बास नहुँदा कसैले नबाेलाई मनाएकाे ठिल्ले लामाले बताए ।
१५ दिनसम्म चल्ने सोनाम ल्होसारमा तामाङ समुदायले एक आपसका सद्भाव प्रेम साटासाट गर्ने, आफन्त, छोरी ज्वाइँलगायतलाई बोलाएर मिठा परिकार खुवाउने प्रचलन छ।
साविक कर्णालीका पाँच जिल्लाहरु जुम्ला, डोल्पा, हुम्ला, कालिकोट र मुगुमा बसोबास गर्ने तामाङ समुदायले बुधबार सोनाम ल्होसार मनाएका छन्।
बौद्ध धर्मालम्बीहरूको प्रमुख चार्डका रुपमा मनाउने ल्होसारलाई नयाँ वर्षका रुपमा पनि मनाइने गरिएको छ।































प्रतिक्रिया