गाँजासहित ४ जना पक्राउ

गाँजासहित ४ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

तनहुँ । आबुखैरनी गाउँपालिका-४ बाट ३ किलो २४० ग्राम अवैध लागूऔषध गाँजासहित ४ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा स्याङजा घर भएका २८ वर्षीय रोसन गुरुङ, गोर्खा घर भएकी १९ वर्षीया पुजा गुरुङ, कास्की पोखरा महानगरपालिका-८ बस्ने ३९ वर्षीय सुरज बिश्वकर्मा र पर्वत घर भई पोखरा सृजनाचोक बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

ईलाका प्रहरी कार्यालय आबुखैरेनीबाट खटिएको प्रहरीले उनीहरूलाई जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

Skip This
Skip This
Logo