कस्तो रहला आजको मौसम?

कस्तो रहला आजको मौसम?

केन्द्रबिन्दु
0
Shares

हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ। हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानहरुमा मेघगर्जन/चटयाङ/असिनासहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

साथै अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार बिहीबार रातिदेखि देशभर सामान्यदेखि पूर्ण बदली रहँदै पानी परिरहेकाे छ। देशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ/असिनासहितकाे वर्षा भइरहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात भएको छ।

शुक्रबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। देशका धेरै स्थानहरुमा मेघ गर्जन/चटयाङ/असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Logo