आज पनि वर्षाकाे सम्भावना, दिउँसाेदेखि भने माैसममा सुधार हुन सक्ने

आज पनि वर्षाकाे सम्भावना, दिउँसाेदेखि भने माैसममा सुधार हुन सक्ने

केन्द्रबिन्दु
0
Shares

देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ। दिउँसो प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा वर्षाकाे सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ। अरु प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा पनि हल्का वर्षा हुनेछ। 

पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे महाशाखाकाे प्रक्षेपण छ।

राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। आइतबार देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ आँकलन गरिएकाे छ।

Logo