विराटनगर । कोसी अस्पतालकाे ओपिडि प्रयोगशाला २ दिनका लागि बन्द गरिएकाे छ ।
ओपिडि ल्याब र पीसीआर ल्याबका २ जनासहित ३ जना कर्मचारीमा कोरोना देखिएपछि २ दिनका लागि ओपिडि प्रयोगशाला बन्द गरिएको अस्पतालले जनाएकाे छ ।
अस्पतालका अनुसार ओपिडि र पीसीआर ल्याबका एक एक जना र ओपिडि ल्याबकै कार्यालय सहयोगी एक जनामा कोरोना संक्रमण देखिएको अस्पतालका प्रवक्ता डा लक्ष्मी नारायण यादवले जानकारी दिए ।
बुधवार संक्रमण पुष्टि भएका प्रयोगशालाका कर्मचारीसहित कोसी अस्पतालमा संक्रमित कर्चारीकाे संख्या ३० जना पुगेकाे अस्पतालले जनाएकाे छ ।































प्रतिक्रिया