पछिल्लो २४ घण्टामा २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ३५६ वटा नमुना परीक्षण गर्दा २ हजार ४०१ जनामा कोरोना पोजेटिभ देखिएको हाे।
मन्त्रालयका अनुसार ११ हजार ६०३ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ८५१ जनामा र ४ हजार ७५३ जनामा एन्टिजेन परीक्षण गर्दा ५५० जनामा संक्रमण देखिएको हो।
योसँगै देशभर सक्रिय संक्रमितको ३० हजार २४१ रहेको छ। पछिल्लो २४ घण्टामा ७ हजार ७७७ जना डिस्चार्ज भएका छन् भने १४ जनाको मृत्यु भएको छ।





























प्रतिक्रिया