मधेश प्रदेशमा आइतबार सार्वजनिक बिदा

मधेश प्रदेशमा आइतबार सार्वजनिक बिदा

केन्द्रबिन्दु
0
Shares

मधेश प्रदेश सरकारले जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने भएको छ।

आइतबार २७ औं जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेशभर सार्वजनिक बिदा दिन लागिएको मधेश प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जनाएको छ। 

शुक्रबार मन्त्रालयले सूचना जारी गरि फागुन १ गते आइतबारका दिन २७ औं जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेशभर सार्वजनिक विदा दिइएको जनाएको छ। सूचनामा मन्त्री भरतप्रसाद शाहको हस्ताक्षर रहेको छ। 

२०५२ फागुन १ गतेदेखि माओवादीले नेपालमा सशस्त्र युद्ध थालेको थियो, जसलाई उसले 'जनयुद्ध' भन्ने गरेको छ। फागुन १ लाई माओवादीले जनयुद्ध दिवसको रुपमा मनाउने गरेको छ। 

Logo