अरुण नदीको बेलिब्रिज भाँचियो, तीन वटा ट्रक बीच पुलमै फसे

अरुण नदीको बेलिब्रिज भाँचियो, तीन वटा ट्रक बीच पुलमै फसे

केन्द्रबिन्दु
0
Shares

संखुवासभाको मकालु गाउँपालिका-५ र १ जोड्ने बेलिब्रिज भाँचिएको छ। मकालु-५ को नुम र वडा नम्बर-१ वालुङ जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलिब्रिज भाँचिएको हो। शनिबार दिउँसो निर्माण सामग्री बाकेको लोवेट तार्ने क्रममा बेलिब्रिज भाँचिएको मकालु गाउँपालिका-५ का कार्यपालिका सदस्य पुरन याम्फुले जानकारी दिए। 

निर्माणाधीन इप्सुवा हाइड्रो पावर कम्पनीको निर्माण सामाग्री लिएर गएको तीन वटा लोवेट ट्रक पुल भाँचिएपछि अरुण नदीमा खसेको कार्यपालिका सदस्य याम्फुले बताए। ट्रकमा सवार चालक र सहचालक भने सकुशल नै रहेको छन्।  

अरुण नदीको बेलिब्रिज भाँचिएपछि आवतजावत ठप्प भएको छ। पुलको भन्दा बढी क्षमताभन्दा सामाग्री बोकेर एकै पटक तीन बटा ट्रक तर्ने क्रममा पुल भाँचिएको कार्यपालिका सदस्य याम्फुले बताए । तीन वटै लोवेट ट्रक हाइड्रो पावरको निर्माण सामाग्री लिएर वालुङतर्फ गएका थिए। दुई वटा रड र एउटामा आयोजनाको ट्रनेलको पाइप लिएर ट्रकहरू आयोजना स्थल गएका थिए। 

पुलको मध्यभाग भाँचिएपछि पुलमा रहेका तीन वटै ट्रक नदीको बीचमा अल्झिएको अवस्थामा रहेको उनको भनाइ छ। चालक र सहचालकलाई भने स्थानीयले उद्धार गरेका छन् । २०७५ सालमा इप्सुवा हाइड्रोपावरले अरुण नदीमा निर्माण सामाग्री लैजान बेलिब्रिज निर्माण गरेको हो ।न्युज कारखाना

Skip This
Skip This
Logo