स्वास्थ्य बीमा कार्यक्रमप्रति आकर्षित

स्वास्थ्य बीमा कार्यक्रमप्रति आकर्षित

केन्द्रबिन्दु
0
Shares

जुम्लामा स्वास्थ्य बीमा कार्यक्रमप्रति यहाँका स्थानीयवासी आकर्षित भएका छन् । सरकारको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत जिल्लामा ५५ हजार ३५२ नागरिकले बीमा गरेको स्वास्थ्य बीमा कार्यालयका जिल्ला संयोजक कलम रावतले बताए । 

स्वास्थ्य बीमाबारे नागरिकले कुनै चासो राखेका थिएनन् तर अहिले गाउँघरमा यसबारे जनचेतनामूलक सन्देश र बीमा गरेपछि पाउने राहतबारे बुझेपछि कार्यालयमै आएर बुझ्न र फोनबाट जानकारी लिनेको सङ्ख्या बढेको उक्त कार्यालयले जनाएको छ ।  

सरकारले स्वास्थ्य बीमा बोर्ड गठन गरी बीमा कार्यक्रम देशभर सञ्चालन गरिरहेको छ । ज्येष्ठ नागरिकका लागि निःशुल्क बीमा कार्यक्रममाअन्तर्गत चार हजार ३५ जनाको बीमा गरिएको छ ।

महिला स्वयंसेविका १८०, पूर्ण अपाङ्गता भएका ४५, क्षयरोग टिभी भएका दुई र एचआइभी सङ्क्रमित एक जनाले बीमा गरेको संयोजक रावतले बताए । 
 
बीमा गरेबमोजिमको स्वास्थ्य संस्थामा औषधोपचार नपाउने जनगुनासो पनि आउने गरेको कार्यालयले जनाएको छ । अझै यसप्रति नागरिकको कम आकर्षण भएको यहाँका सरोकारवालाले बताए  ।

जुम्लामै यो कार्यक्रम सञ्चालन भएको झन्डै चार÷पाँच वर्ष भए पनि सबै नागरिकको स्वास्थ्य बीमा हुने सकेको छ्रैन । 
 

Logo