बुटबलमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

बुटबलमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

रुपन्देहीको बुटवल उपमहानगरपालिका-१२ मिलन चोकमा मंगलबार बिहान ३ जना सवार मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । 

मृत्यु हुनेमा मोटरसाईकलमा पछाडि सवार गैडहवा गाँउपालिका–९ हात्तीबजारका २० वर्षीय प्रेम रुचाल र सोही ठाँउका २० वर्षीय  राउल थापा रहेका छन् ।  

दुबै जनाको उपचारको क्रममा बुटवल स्थित लुम्बिनि प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

गम्भीर घाइते भएका मोटरसाईकल चालक रुपन्देहीकै २१ वर्षीय बिमल रानाको सोही अस्पतालमा उपचार भईरहेको छ ।  

लु ६० प ३६५२ नम्बरको मोटरसाईकल मंगलबार बिहान ४ बजे अनियन्त्रित भएर पल्टिएको ईलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।

Logo