जाजरकोटमा फुसको छानो हटाउन आठ करोड बजेट स्वीकृती

जाजरकोटमा फुसको छानो हटाउन आठ करोड बजेट स्वीकृती

केन्द्रबिन्दु
0
Shares

जाजरकोट डोल्पा सडकखण्डको रिम्नादेखि तल्लु बगरसम्मको सडकको स्तरोन्नति गर्नका लागि बजेट स्वीकृत भएको छ ।  वातावरणीय प्रभाव मूल्यांकन सम्पन्न भएसँगै यस सडक खण्डका लागि एक अर्ब ८० करोड रुपैयाँ स्वीकृती भएको पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले बताए । 

अहिले सदरमुकाम खलंगाको पासागाडदेखि रिम्नासम्मको सडकमा स्तरोन्नतिको काम जारी छ । ११७ किलोमिटर सडकखण्डमध्ये दुई वर्षअघि पासागाड-रिम्नाको स्तरउन्नतीको लागि बोलपत्र भई अहिले काम जारी छ भने बाँकी रिम्नादेखि नलगाड नगरपालिकाको तल्लु बगरसम्म सडक स्तरोन्नतिका लागि बजेट स्वीकृत भई बोलपत्र गर्ने अन्तिम चरणमा पुगेको पूर्वमन्त्री बस्नेतले बताए । 

जाजरकोट नलगाड नरपालिका ८ मन्मैदेखि रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको ठाँटीखोला जोड्नका लागि यातायात चल्ने भेरी नदीको पुल निर्माणका गर्न बजेट स्वीकृत भई बोलपत्र गर्ने अन्तिम चरणमा पुगेको छ । सो पुल निर्माणका लागि २४ करोड रुपैयाँ स्वीकृत भएको पूर्वमन्त्री बस्नेतले बताए । 

त्यस्तै जाजरकोट डोल्पा सडक खण्डकै बीच, बीचमा रहेको भेरी नदीमा पुल निर्माण कार्यसमेत जारी छ । बेलिब्रिज निर्माण गरेर तत्काल यातायातका साधनहरु सञ्चालन गर्न सजिलो हुने भएकाले यो आर्थिक वर्षको अन्तिममा पुलहरु निर्माण कार्य सकिने सडक डिभिजन चौरजहारीका प्रमुख धुर्व झाले बताए ।

जाजरकोट खण्डका अधिकांश पुलहरू निर्माण भइसकेकोले डोल्पा खण्डमा मात्र अहिले पुलको काम निरन्तर भइरहेको छ । त्यस्तै रुकुम पश्चिममा एक घर एक धारो निर्माणका लागि एक अर्ब बजेट स्वीकृतकै चरणमा गएको आठबीसकोट नगरपालिकाका नगरप्रमुख गोरखबहादुर केसीले बताए । 

उनका अनुसार नदुवा राडी सडक स्तरोन्नतिका लागि  ३० करोड, फुसको छाना हटाउन आठ करोड, राडी बजार क्षेत्रमा सहरी पूर्वाधारका लागि ५० करोड रुपैया स्वीकृत भएको छ । छहरेबगर गोतामकोट १० किलोमिटर सडकका लागि ५० करोड रुपैयाँ बजेट स्वीकृत भएर बोलपत्र आह्वान गर्ने चरणमा पुगेको छ । 

Skip This
Skip This
Logo