काठमाडौं महानगरपालिका–१६ नयाँबजार मेडिकल चोक एरियाबाट एक हजार दरका २९४ थान नक्कली नेपाली नोटसहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा रौतहट गौरनगरपालिका–१२ घर भएका २८ वर्षीय पृथ्वीप्रसाद साह, रौतहट राजपुर नगरपालिका–३ घर भएका २७ वर्षीय मोहम्मद मुसरफ अली, रौतहट राजपुर नगरपालिका–६ घर भएका ३० वर्षीय असरफ अली सहिद र रौतहट गौरनगरपालिका–९ घर भएका २८ वर्षीय महमद शम्साद आलम रहेका छन्।
उक्त स्थानमा नक्कली नोटको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरिय अपराध महाशाखाबाट खटिएको प्रहरीले उक्त परिमाणको नक्कली नेपाली नोटसहित फेला पारि उनीहरुलाई पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त महाशाखाले जनाएको छ।































प्रतिक्रिया