मौलिक लोकबाजा प्रशिक्षण सकियो

मौलिक लोकबाजा प्रशिक्षण सकियो

केन्द्रबिन्दु
0
Shares

सर्लाहीमा आयोजना भएको १० दिने मधेश प्रदेशस्तरिय मौलिक लोकबाजा प्रशिक्षण सकिएको छ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना तथा चेतना सन्देश नेपालको स्थानीय व्यवस्थापनमा सर्लाहीको हरिवनमा १० दिने मौलिक लोकबाजा प्रशिक्षणअन्तर्गत ढोलक र मादलको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो।

मधेश प्रदेशका विभिन्न जिल्ला र स्थानीय गरि २८ जना प्रशिक्षार्थीले मादल र ढोलकको प्रशिक्षण लिएका थिए। समापनका अवसरमा प्रशिक्षार्थीलाई प्रतिष्ठानका संगीत विभाग प्रमुख तथा कार्यक्रम संयोजक प्राज्ञ अशोक राईको सभापतित्व र मधेस प्रदेश सभा सदस्य बेची लुङ्गेलीले प्रमाणपत्र प्रदान गरेका थिए।

यसअघि पाँचथरमा च्याब्रुङ, काठमाडौं र ललितपुरमा धिमे, ढोल, साकेला डम्फु, च्याब्रुङ, बाँसुरी, सारङ्गी, टुङ्ना बाजाको प्रशिक्षण सम्पन्न भइसकेको छ। अब २० फागुनबाट सुनसरी धरानमा ढोल र मादलको प्रशिक्षण गरिने प्राज्ञ राईले बताए।

Logo