कस्ताे हाेला आजकाे माैसम?

कस्ताे हाेला आजकाे माैसम?

केन्द्रबिन्दु
0
Shares

हाल देशमा पश्चिमी न्यून प्रणालीको प्रभाव रहेको छ। उक्त मौसमी प्रणालीको प्रभावले बदली गराउनुका साथै देशका कतिपय भेगमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशको उच्च पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि पूर्ण बदलीको अवस्था छ साथै तराईमा आंशिक बदली रहेको छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

आइतबार दिउँसो ताप्लेजुङ, ओखलढुङ्गा, पोखरालगायत स्थानमा वर्षा भएको थियाे। पोखरामा असिनापानीसहित वर्षा भयाे। पोखरामा सबैभन्दा बढी १९ मिलिमिटर वर्षा भएको छ। वर्षाले पोखराको हवाई उडान पनि प्रभावित बनेको  । बुद्ध एयरले तीन उडान रद्द गर्नुपरेको जनाएको छ। 

यता काठमाडौँ उपत्यकामा पनि गड्याङगुडुङसहित हल्का पानी परेकाे थियाे। बदली र वर्षाले बढी चिसो महसुस गरिएको छ। महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै बिहान र बेलुकीको समयमा चिसो रहने हुनाले चिसोबाट बच्न र देशको पहाडी भेगका केही स्थानमा स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सुरक्षा सतर्कता अपनाउन अनुरोध गरेको छ। 

आज राति पनि देशको उच्च पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। देशको पहाडी  भूभागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

Skip This
Skip This
Logo