बैतडीको पाटन नगरपालिका-३ झालीमालीमा सोमबार टिपर दुर्घटना हुँदा तीन जना विद्यार्थीसहित चार जनाको मृत्यु भएको छ। पाटन-३ मा रहेको सिगास मावि गौरीशंकर पोखरीका विद्यार्थी बोकेर पाटन-३ कै धुरातर्फ काठ लोड गर्न गइरहेको बा३ख ४८७९ नम्बरको टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा पाटन ३ का ४५ वर्षीय जनकराज पन्त, सिगास माविमा अध्ययनरत पाटन ३ कै १२ वर्षीय ज्ञानु विष्ट, १७ वर्षीय ललित अवस्थी र १२ वर्षीय राजेशप्रसाद पन्त रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख राजेश शाहीले जानकारी दिए।
दुर्घटनामा ४ जना घाइते भएका छन् । वडा नम्बर ३ कै १२ वर्षीय सुनिल भट्ट, १२ वर्षीय अमृत विष्ट, १३ वर्षीय सुदीप पन्त घाइते भएका छन् । टिपरमा चालकसहित ९ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
साँघुरो सडकका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ। टिपर सडकबाट करिब २ सय मिटर तल खसेको छ। चालक फरार रहेका छन्।
घटनास्थलमा खटिएका इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज राजेश शाहीका अनुसार टिपरलाई फर्काउने क्रममा दुर्घटना भएको हाे। एउटै वडाका तीन जना विद्यार्थीको मृत्यु भएपछि गाउँनै शोकमा डुबेको छ।
बिहान पढ्न विद्यालय गएका छोराहरू घर नर्फिएपछि गाउँनै शोकमा डुबेको सिगास माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका डम्बरदत्त पन्तले बताए।































प्रतिक्रिया