अभिनेता पल शाहविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा करणीसम्बन्धी कसुरमा मुद्दा दायर भएको छ । पल शाहबाट आफू पीडित भएको भन्दै १८ वर्षमुनिकी एक गायिकाले प्रहरी समक्ष उजुरी दिएकी हुन् । तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं ९ दुलेगौडास्थित प्रदीप थापाको घरमा अभिनेता आफूमाथि जबरजस्ति गरेको उजुरीमा उल्लेख छ ।
कानूनमा के छ ?
मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिन्छ । १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने मुलुकी अपराध संहितामा उल्लेख छ ।
पलले आफूलाई विवाह गर्ने प्रलोभनमा पारेर त्यस्तो सम्बन्ध राखेको हुनाले कानुनी कारवाहीको माग गर्दै ती गायिकाले बुधबार कार्यालयमा उपस्थित भएर शाहविरुद्ध जाहेरी दिएक्री हुन् । उनले आफू अहिले १७ वर्ष भएको बताउदै आएकी छन् ।
हालै मिडियामा सार्वजनिक भएको अडियो रेकर्डमा पलले ती गायिकासँगको सम्बन्धलाई स्वीकार गरेका छन् । ती गायिका गर्भवती नभएका कारण आफूले जिम्मा लिनु नपर्ने र आफ्नो अर्कै गर्लफ्रेन्ड रहेको पलले अडियोमा बताएका छन् । यसअघि उनलाई पलले दुई वर्षपछि बिहे गर्छु भन्दै गायिकालाई आफ्नो प्रभावमा राखेको बताइएको छ ।
पलले भने गायिकाको आरोपको खण्डन गर्दै आएका छन् । सामाजिम संजालमा पलले आफूले ति गायिकालाई कुनै दुर्व्यवहार नगरेको र आफ्नै साथि भएको उक्साहटमा उनले गम्भिर आरोप लगाएको दाबी गरेका छन् ।































प्रतिक्रिया