अभिनेता पल शाहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालयमा बुधबार जबरजस्ती करणीसम्बन्धी मुद्दा दायर भएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले पक्राउ पुर्जी जारी गरेको हो । अब प्रहरीले खोजी गरी पललाई जिल्ला प्रहरी कार्यालय तनहुँ लैजानेछ ।
एक गायिकाले बुधबार पलबाट आफू पीडित भएको भन्दै प्रहरी समक्ष उजुरी दिएकी थिइन् ।
एउटा म्यूजिक भिडियोको सुटिङका क्रममा तनहुँ गएका बेला शाहले फकाएर आफूमाथि जबरजस्ती गरेको उजुरीमा उल्लेख छ । उनले आफूलाई विवाह गर्ने प्रलोभनमा पारेर अनैतिक सम्बन्ध राखेको ती गायिकाको दाबी छ ।































प्रतिक्रिया