अहिले नेपालको पश्चिमी भेगमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसमविदहरूले बताएका छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। बाँकी भू-भागमा आंशिक बदली रहेको छ।
आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली र प्रदेश-१ का पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम, लुम्बिनी प्रदेश र बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ।































प्रतिक्रिया