अवैध विदेशी मुद्रासहित एक भारतीय नागरिक पक्राउ

अवैध विदेशी मुद्रासहित एक भारतीय नागरिक पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध विदेशी मुद्रा (अमेरिकी डलरलगायत) सहित प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। 

फ्लाई दुबईमार्फत काठमाडौँबाट दुबई जान लागेका भारतीय नागरिक शतिश परसोत्तम सजनानीलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए। 

अवैध रुपमा विदेशी मुद्रा लैजान लागेको भन्ने विशेष सूचनाका आधारमा अनुसन्धान गर्दा उनको हाते झोलाबाट विभिन्न देशका मुद्रा फेला परेपछि पक्राउ गरिएको उनले जानकारी दिए। उनको साथबाट प्रहरीले २० हजार अमेरिकी डलर, ३१ हजार ६ सय पाँच इङ्ल्यान्ड पाउन्ड, ५० जर्जिया लारी, एक सय भारतीय रुपैयाँ र एक हजार ३०० युएई दिराम बरामद गरेको छ। 

मङ्गलबार पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि बुधबार राजश्व अनुसन्धान विभाग, ललितपुरमा बुझाइएको विमानस्थल सुरक्षा कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ।

Skip This
Skip This
Logo