काेराेना अपडेटः ३१८ संक्रमित थपिए, ५६२ जना निको भए

काेराेना अपडेटः ३१८ संक्रमित थपिए, ५६२ जना निको भए

केन्द्रबिन्दु
0
Shares

नेपालमा पछिल्लो २४ घण्टामा ३१८ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्‍या मन्त्रालयका अनुसार ७ हजार ७४३ जनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा ३१८ जनामा कोरोना पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा ५६२ जनाले संक्रमण जितेका छन्।

सोही अवधिमा नेपालमा थप एक संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट मृत्यु हुनेको कूल संख्या ११ हजार ९३१ पुगेको छ। मन्त्रालयका अनुसार हाल देशभर ९ हजार ६७८ जना सक्रिय संक्रमित रहेका छन्।

Logo