नयाँ बानेश्वरमा राखिएकाे बम सेनाको बम डिस्पोजल टोलीद्वारा निष्क्रिय

नयाँ बानेश्वरमा राखिएकाे बम सेनाको बम डिस्पोजल टोलीद्वारा निष्क्रिय

केन्द्रबिन्दु
0
Shares

नयाँ बानेश्वरमा राखिएकाे बम सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेकाे  छ। 

संसद् भवन नजिकै शङ्कास्पद वस्तु भेटिएपछि यो सडक खण्डमा गाडी चलाउन रोक लगाइनुका साथै  सर्वसाधारणलाई प्रवेशमा राेक लगाइएकाे छ। 

प्रहरीका अनुसार अहिले नयाँ बानेश्वरदेखि तीनकुनेसम्मको सडकलाई खाली गराइएको छ। यस रुटमा चल्ने गाडीलाई नयाँ बानेश्वर र तीनकुनेबाट डाइभर्सन गरिएको छ। 

संसद् भवन अगाडि सडकको बीच भागमा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिएको थियाे।

Skip This
Skip This
Logo