महोत्तरीमा पाँच वटा पसलमा आगलागी, डेढ करोडकाे क्षति

महोत्तरीमा पाँच वटा पसलमा आगलागी, डेढ करोडकाे क्षति

केन्द्रबिन्दु
0
Shares

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित बजारमा आज बिहान पाँच वटा पसलमा आगलागी हुँदा डेढ करोड बराबरको धनमाल क्षति भएको छ।
    
स्थानीय जगदीशप्रसाद गुप्ताको दुई तल्ले घरमा मटिहानी नपा–७ बस्ने भोलाकुमार महतोले सञ्चालन गरेको सीता किराना पसलमा आज बिहान ७ बजे विद्युत् सर्ट भई आगलागी हुँदा पसलभित्र रहेको २५ लाख मूल्य बराबरको मालवस्तु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए। 
    
सोही पसलसँगै टाँसिएर रहेको आरएन अडियो, नेपाल म्याक्स टेलर, समीर रेडिमेड र शत्रुधन ठाकुरले सञ्चालन गरेको नाम नखेलिएको सैलुन र दुई तले भवनको विभिन्न कोठामा पनि आगलागी भई जम्मा डेढ करोड बराबरको धनमाल क्षति भएको उनको भनाइ थियो । 
    
मटिहानी नगरपालिकासँग बारुणयन्त्र नरहेको र छिमेकी जलेश्वर नगरपालिकाको बारुणयन्त्र हेटौँडा गएका कारण आगलागी नियन्त्रणमा समस्या भए पनि करिब दुई घण्टापछि स्थानीय बासिन्दा, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। आगलागीबाट कुनै प्रकारको मानवीय तथा पशुको क्षति नभएको प्रहरीले जनाएको छ। 

Skip This
Skip This
Logo