बुढानीलकण्ठमा रावतको हत्यामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ

बुढानीलकण्ठमा रावतको हत्यामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-४ चण्डेश्वरी बनस्थली बस्ने जुम्ला तातोपानी गाउँपालिका-७ घर भएका मदे भन्ने ३२ वर्षीय मानबहादुर रावतको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा बुढानीलकण्ठ नगरपालिका-५ बस्ने २३ वर्षीय याकुब चौधरी र सोही ठाउँ बस्ने सर्लाही बरहथवा नगरपालिका-८ घर भएका १६ वर्षीय किशोर रहेका छन्। 

बुढानीलकण्ठ नगरपालिका-५ स्थित दुलाल गाउँ हाल श्रीनगर टोलमा गत मंगलबार मानबहादुर रावतको रगताम्य अवस्थामा शव फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।
 
प्रारम्भिक अनुसन्धानको क्रममा गत फागुन १६ गते राति बुढानीलकण्ठ नगरपालिका-५ मा मानबहादुरसँग भेट हुँदा याकुबले लागुऔषध खरिद गर्न नगद ३५ हजार रूपैयाँ दिएको र मान बहादुरले लागूऔषध नल्याएको विषयमा विवाद हुँदा उनीहरूले मानबहादुरलाई कुटपिट र बाँसको लठ्ठी प्रहार गरि गम्भीर घाइते बनाई दुवैजना फरार भएका खुल्न आएको छ।  

प्रहरीले घटनामा प्रयोग भएको १ थान बाँसको लठ्ठीसमेत बरामद गरेको छ।    

उनीहरू उपर कर्तव्य ज्यान सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद अनुमति लिई महानगरिय प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान कार्य भइरहेको छ। 

Skip This
Skip This
Logo