बैंकिङ कसुर अभियाेगमा फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर अभियाेगमा फरार प्रतिवादी पक्राउ

केन्द्रबिन्दु
0
Shares

ललितपुर प्रहरीले एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ। बैंकिङ कसुरमा उच्च अदालत पाटनबाट नौ लाख रुपैयाँ जरिवाना र चार दिन कैद तोकिएपछि फरार रहेका हेटौंडा उपमहानगरपालिका-१७ का ३२ वर्षीय मुन्दिप भुजेल पक्राउ परेका हुन् । 

हाल काठमाडौंको मनमैजुमा लुकिछिपी बस्दै आएका भुजेललाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका भुजेललाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ। 

बैकिङ कसुरमा भुजेलविरुद्ध उच्च अदालत पाटनले ०७८ मंसिर १२ गते नौ लाख रुपैयाँ जरिवाना र चार दिन कैद सजायको फैसला गरेको थियो। फैसला गरेसँगै उनी फरार भएका थिए। उनी काठमाडौंमै लुकिछिपी बस्दै आएका थिए । विशेष सूचनाको आधारमा खटिएको अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरेको हो। 

Skip This
Skip This
Logo